२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

बजेटको मुखमा फेरिए अर्थसचिव, आए अर्जुन पोखरेल

२० वैशाख, काठमाडौं । सरकारले अर्थ मन्त्रालयमा नयाँ सचिव ल्याएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आउन एक महिना पनि बाँकी नरहेको अवस्थामा सरकारले तोयाम रायालाई हटाएर अर्जुनप्रसाद पोखरेललाई अर्थसचिवका रुपमा ल्याएको छ ।

उपराष्ट्रिपतिको कार्यालय सरुवा भएका रायाको ठाउँमा आएका पोखरेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा कार्यरत थिए । ३ वर्षअघि सचिव भएका पोखरेल २०५१ सालमा हुलाक अधिकृतका रुपमा सरकारी सेवमा प्रवेश गरेका थिए ।

२०६१ सालमा उपसचिव भएका पोखेरल २०६७ सालमा सहसचिव बनेका थिए । उनी आकर्षक विभाग र कार्यालयहरुमा पुग्ने सरकारी अधिकारीका रुपमा परिचित छन् ।

अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, विमानस्थल भन्सार, सम्पत्ति शुद्धीकरण विभाग लगायतका निकायमा बसेर उनले कार्य अनुभव हासिल गरिसकेका छन् । उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिवका रुपमा समेत काम गरेका छन् ।

आगामी १५ जेठमा संसदमा पेश हुने बजेट निर्माणको नेतृत्व अब अर्थ सचिवका रुपमा पोखरेलले गर्नेछन् । अर्थ मन्त्रालयका अधिकारीहरु भने बजेटको मुखमै अर्थसचिव फेरिंदा बजेट निर्माणमा प्रभाव पर्ने बताउँछन् ।

‘नयाँ सचिव ल्याउने भए अलि अघि नै निर्णय गरेको भए हुन्थ्यो,’ मन्त्रालयका एक सहसचिवले भने, ‘यस्तो चापको बेलामा सचिवज्यूलाई आगामी वर्षको बजेट निर्माणको मार्गदर्शन बुझाउनै समय र मिहिनेत लाग्ने भयो ।’ यसअघि अर्थ मन्त्रालयको प्रवक्ता समेत भइसकेका पोखरेलको निर्णय क्षमतामाथि भने मन्त्रालयभित्रै संशय छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com