२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

लेटाङमा भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु

विराटनगर – मोरङको लेटाङ नगरपालिका–७, भिरिङखामा भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा भ्यानका चालक मोरङ पथरीशनिश्चरेका ३० वर्षीय मनोज दियाली र यात्री लेटाङ–३ का ७४ वर्षीय जीवन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर घाइते भएका उनीहरुको  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

सोही दुर्घटनामा गम्भीर घाइते भएका लेटाङ–६ का ५५ वर्षीय रुद्र लम्सालको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइरहेको छ ।

१–०२–००१ ज ३९५३ नम्बरको पिकअप भ्यान सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com