२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

भ्रातृ संगठन र विभागहरूलाई पूर्णता दिने कांग्रेसको निर्णय

काठमाडौँ- नेपाली कांग्रेसले भ्रातृ संगठन र पार्टीका विभागहरूलाई केन्द्रीय कार्य समिति बैठकमार्फत पूर्णता दिने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास महाराजगंजमा शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकले भ्रातृ संगठन र पार्टीका विभागलाई पूर्णता दिनका लागि आन्तरिक गृहकार्य गर्ने र वैशाख २८–२९ गते बस्ने केन्द्रीय कार्य समिति बैठकबाट पूर्णता दिने निर्णय गरेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

भ्रातृ संगठन र पार्टीका विभागहरूलाई पूर्णता दिनका लागि सूची तयार भइरहेको र आवश्यक सुझाव लिइने उनले बताए । महतले भातृसंगठनहरूको आकार केही बढ्न सक्ने उल्लेख गरे । उनले नक्कली शरणार्थी प्रकरणमा गम्भीर भएको भन्दै संलग्नलाई आवश्यक कारबाही गर्नका लागि कांग्रेसले सघाउने बताए ।

अर्थमन्त्री समेत रहेका महतले आपराधिक क्रियाकलापका सहभागीलाई छिटो भन्दा छिटो कानुनी दायरामा ल्याउनुपर्ने भन्दै गैर कानुनी क्रियाकलाप गर्नेलाई राज्यले संरक्षण गर्न नसक्ने स्पष्ट पारे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com