२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

रास्वपाले सरकारलाई दिएकाे समर्थन फिर्ता लियाे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र प्रतिपक्षमा बस्ने जानकारी दिए । उनले संयुक्त बैठकबाट यो निर्णय गरेको बताए । उनले जनभावनाको कदर गर्दै आफूहरूले यस्तो निर्णय गरेको बताए ।

अब पार्टीले संसद्‍मा सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता उनले जनाए । उनले अब पार्टीले संगठन विस्तारको प्रक्रिया द्रुत गतिमा अघि बढाउने पनि बताए । अब

संसद्‍मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि उनकाे भनाइ छ । सभापति लामिछानेले भुटानी शरणार्थीबारे सरकारले चालेको कदम स्वागतयोग्य रहेको र यसलाई निरन्तरता दिने वा नदिनेबारेमा भने नियालिरहेको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com