२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

रास्वपाबारे ओलीको टिप्पणी : नयाँ बोतलमा राखिएको पुरानै रक्सी

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई नयाँ बोतलमा राखिएको पुरानो रक्सीकाे रूपमा चित्रण गरेका छन् । साेमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित राष्ट्रिय युवा संघ नेपालको प्रथम पूर्ण बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्ताे टिप्पणी गरेका हुन् ।​

तितेपाती उदाहरण प्रस्तुत गर्दै ओलीले सो पार्टीको आयु बढीमा ४ महिनाको रहेको पनि उल्लेख गरे । उनले नयाँ र पुरानोको हल्ला चलाउनुको कुनै अर्थ नरहेको पनि बताए । ओलीले एमाले सबैभन्दा पुरानो र नयाँ पार्टीको भएको दाबी समेत गरे ।

ओलीले देश बनाउने भिजनविनाको पार्टीलाई नयाँ पार्टी भन्न नसकिने तर्क समेत गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com