२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

भुटानी शरणार्थी प्रकरण : रायमाझीलाई खोज्‍न सबै प्रदेश कमिटी र मातहतका कमिटीलाई वाइसीएलको निर्देशन

काठमाडौँ- भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली नागरिकबाट रकम असुलेको आरोपपछि फरार रहेका पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई खोज्‍न वाइसीएलले निर्देशन दिएको छ ।

सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रको युवा संगठन नेपाल कम्युनिस्ट लिग नेपाल (वाइसीएल) ठगीमा नेपाल प्रहरीबाट पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझी खोज्‍न  सबै प्रदेश कमिटी र मातहतका कमिटीलाई निर्देशन दिएको अध्यक्ष सुबोधराज शेर्पालीले बताए ।

‘राज्यशक्ति दुरुपयोग गरेर सयौं नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकी पुर्‍याउने प्रलोभनमा करोडौँ ठगीमा नेपाल प्रहरीबाट पक्राउ पुर्जी जारी भएपछि अर्घाखाँची रुपन्देहीबाट बेपत्ता भएका एमालेका सचिवसमेत रहेका पुर्वमन्त्री टोपबहादुर रायमाझी कुनै झाडी वा कुनै भिआइपी हाउसमा लुकेर बसेका छन्’ शेर्पालीले भने’तुरुन्तै खोजी कार्यमा लाग्‍न वाइसीएल नेपालको सबै प्रदेश कमिटी र मातहतका कमिटीलाई निर्देशन गरिएको छ ।’

शेर्पालीले रायमाझीको अवस्था के कस्तो छ नजिकको प्रहरी कार्यालयसँग सहकार्य गरी कानुनी कठघरामा उभ्याउने सरकारको अभियानमा साथ दिन सबैमा अनुरोध गरेका छन् । ‘भ्रष्टाचार अन्त्य नगरी देशको समग्र विकास र आम नागरिकको आर्थिक वृद्धि असम्भव देखिन्छ’ शेर्पालीले भने ‘तसर्थ सरकारले चालेको यो महत्त्वपूर्ण अभियानमा आम नागरिकको साथ सहभागीता जनाउदै भ्रष्टाचारीहरूलाई सामाजिक रूपमा बहिष्कार गरौं ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com