२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

पानीको माग गर्दै विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विद्यार्थीहरुको प्रदर्शन

१९ जेठ, काठमाडौं । धरानमा खानेपानीको अभावका कारण अस्पताल सेवा समेत प्रभावित हुन थालेको छ ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पानी अभाव हुँदा विभिन्न समस्या भएको भन्दै विद्यार्थीहरुले विरोध र्‍याली निकालेका छन्

विगत दुई हप्तादेखि पानीको चरम अभाव भइरहेकोले आवश्यक पानीको व्यवस्थापन हुनुपर्ने माग राख्दै शान्तिपूर्ण र्‍याली निकालिएको इन्टर्न डाक्टर प्रशान्त राईले जानकारी दिए ।

उनले भने, ‘पटक पटक समस्या आइरहेको हो तर यो पटक चाँहि अत्ति नै भयो । दुई हप्तादेखि पानीको चरम अभाव भएपछि हामीले शान्तिपूर्ण र्‍याली निकालेका हौं ।’

विद्यार्थी कल्याण समाजको नेतृत्वमा र्‍याली निकालिएको उनले बताए । अस्पतालले पानी किनेर ल्याइरहेपनि पनि किनेको पानीले पानीको पर्याप्त नभएको उनले बताए ।

अस्पतालमा पानीको अभावले उपचार सेवामा प्रभाव परेको डा.विष्णु पोखरेलले बताए । ‘डायलसिस सेवामा, ओपिडिमा, ओटिमा प्रभाव परिरहेको छ । विरामी हेरेर, अप्रेसनपछि राम्रो हात धुन पाइँदैन । यसले गर्दा इन्फेक्सन हुने सम्भावना बढी हुन्छ’, उनले भने ।

अस्पतालभित्र विद्यार्थी, डाक्टर, कर्मचारी गरेर करिब तीन हजार सहित स्वास्थ्य उपचारको लागि पानीको आवश्यक पर्छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आफ्नै तीन वटा पानीको स्रोत भएपनि व्यवस्थापन हुन नसक्दा पानीको अभाव हुन गएको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com