२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

काठमाडौँ महानगरले भन्योः घरमा बाल श्रमिक भए वडा कार्यालयमा सूचीकृत गर्नू

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा घर, होटल, सार्वजनिक यातायात र ग्यारेजमा बालबालिकालाई श्रमिकको रुपमा प्रयोग नगर्न नपाइने भएको छ । महानगरभित्र १४  र १८ वर्ष मुनिका किशोरकिशोरीलाई श्रममा लगाएको भए १५ दिनमा सामाजिक विकास विभागमा सूचना दिनुपर्ने महानगरले बताएको छ ।

महानगरले जारी गरेको सूचनामा लेखिएको छ,’ यदि कानून विपरीत रहने गरी कसैले होटल, ग्यारेज र सवारीसाधन कारखानामा बालबालिकामा श्रममा संलग्न गराएको पाइएमा कानून बमोजिम कारबाही गरिनेछ ।‘

कसैले घरमा बालबालिकालाई श्रमिकको रुपमा राखिएको भए वडा कार्यालय वा महानगरको ‘केटीएम एप’ मा नियमानुसार १५ दिन भित्रमा सूचीकृत गर्नुपर्नेछ । १५ दिनमा अस्थायी संरक्षणकर्ताको रुपमा सूचीकृत हुन नआएमा बालश्रम राखेको भनी प्रचलित कानून बमोजिम कारबाही गरिने महानगरले जनाएको छ ।

बालश्रम नियमित तथा निषेध गर्ने ऐन २०५६ को दफा ५ बमोजिम १४ वर्ष मुनिका र १८ वर्ष तलका बालबालिकाहरूलाई कुनै पनि प्रकारको बालश्रममा लगाउन पाइदैन ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com