२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

सरकारले जनताको हितलाई प्राथमिकतामा राख्न सकेन : वामदेव गौतम

काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले सरकारले बजेटमा जनताको हितलाई प्राथमिकतामा राख्न नसकेको बताएका छन् । बुधवार राष्ट्रियसभाको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटबारे छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले सरकारले ४ करोड कित्तामा विभाजित कृषि भूमिलाई तिव्र गतिमा विभाजित गरी कित्ताकाटलाई तुरुन्त लागू गर्ने उल्लेख गर्नु नै वर्तमान सरकार जनताको हितमा ध्यान दिनबाट चुकेको छ भन्ने कुराको पुष्टि हुने बताए ।

‘कृषि उत्पादन तथा व्यवसायीकरण र औद्योगिकरणको महत्व वर्तमान सरकारले बुझ्न सकेको देखिएन । अहिले यो बजेटमा ४ करोड कित्तामा विभाजित कृषि भूमिलाई अरु तिब्र गतिमा विभाजित गरी ज्यानमारा किसान कित्ताकाटलाई तुरुन्त लागू गर्ने उल्लेख गरिएको छ’ उनले भने, ‘यसले के देखिन्छ भने वर्तमान सरकार आकाश—पातालको कुरा धेरै गर्छ, कुरा जे पनि गर्छ, जनताको हित हुनेकुरा प्राथमिकतामा राख्न सकेको छैन ।’

गौतमले कृषि उत्पादन तथा व्यवसायीकरण र औद्योगिकरण प्राथमिकतामा पर्नुपर्ने बताए । उनले बजेटले कृषि क्षेत्रमा रहेका जनताको दयनीय अवस्था देख्न नसकेको बताए । उनले बजेटबाट सरकारले राष्ट्रिय बजारको संरक्षण र अन्तर्राष्ट्रिय बजारको सुनिश्चितता गर्न नसकेको बताए  ‘कृषि उत्पादन तथा व्यवसायीकरण र औद्योगिकरण आजको प्राथमिकतामा पर्नुपर्छ । त्यसको लागि ठूलो मात्रामा विद्युतीय उर्जाको आवश्यकता पर्छ । हामीसँग कृषि उत्पादनको क्षेत्र करिव २६ लाख हेक्टर रहेको छ । यदि यसलाई प्राथमिकतामा राखेर अघि बढाउन हो भने प्रतिवर्ष काम गर्ने उमेर भएका १० लाख युवाहरुले रोजगारी प्राप्त गर्नेछन्’ गौतमले भने, ‘यो क्षेत्रलाई हरेक वर्ष पहिलो प्राथमिकतामा राख्नुपर्छ । यसलाई ५ वर्ष नै प्राथमिकतामा राख्दा विदेशमा रहेका सबै नेपालीहरुलाई स्वदेशमा नै रोजगारी प्राप्त गर्नेछन् । तर बजेटले न कृषि क्षेत्रमा रहेका जनताको दयनीय अवस्था देख्न सकेको छ, न राष्ट्रिय बजारको संरक्षण गर्न सकेको छ । न अन्तर्राष्ट्रिय बजारको सुनिश्चितता गर्न सकेको छ । अहिलेसम्मको चलनचल्तीमा नै बजेट रुमल्लिएको छ ।’

सदस्य गौतमले सरकारले ल्याएको बजेटले एक वर्षपछि नेपाली जनतालाई निराश तुल्याउने बाहेक अन्य काम गर्न नसक्ने दाबी गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com