२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

‘प्रतिनिधि सभा सदस्यको संख्या १६५ बनाऔं’

काठमाडौँ – राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले प्रतिनिधि सभा सदस्यको संख्या घटाउन प्रस्ताव गरेका छन् ।

बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटमाथि छलफल गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रतिनिधि सभा धेरै ठूलो भएको र संख्याले पनि व्यवस्थापन गर्न गाह्रो भएको भन्दै प्रतिनिधि सभा सदस्यको संख्या घटाउने गरी संविधान संशोधनको विधि अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरे ।

उनले प्रतिनिधि सभा सदस्यको संख्या १६५ मा मात्रै सिमित गर्न सुझाव दिए । उनले बजेट संघीयताको दृष्टिले सन्तोषजनक नरहेको बताए । प्रदेश र स्थानीय तहले पाउनुपर्ने अनुदान घटाइनु, चिहानमा पुगिसकेको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई अघि बढाउनु गलत रहेको बताए ।

उनले भने, ‘प्रतिनिधि सभा धेरै ठूलो भयो, संख्याले पनि व्यवस्थापन गर्न गाह्रो भयो, प्रतिनिधि सभाको २७५ लाई घटाएर १६५ मा मात्रै सिमित गर्नेगरी तुरुन्त संविधान संशोधनको विधि अघि बढाउनुपर्छ । बजेटमा मलाई उत्साह, उमंग र जाँगर आएन, संघीयताको दृष्टिले हेर्दा पनि सन्तुष्टि भेट्ने ठाउँ छैन । प्रदेश र स्थानीय तहले पाउनुपर्ने अनुदान घटाइएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम चिहानमा पुगेको थियो, त्यसलाई ब्युँताइएको छ । बजेटको अनुसूचि यहाँ हेर्ने हो भने मन्त्रालयको विनियोजन हेर्दा हरेक अधिकांश मन्त्रालय लगभग दुई तिहाई भन्दा बढी मन्त्रालयको बजेट केन्द्रिकृत छ, त्यसकारण केन्द्रिकृत सोच र मानसिकताबाट बजेट बनाइएको छ ।’

सदस्य देवकोटाले मन्त्रालयको विनियोजन हेर्दा दुई तिहाई भन्दा बढी मन्त्रालयको बजेट केन्द्रिकृत सोच र मानसिकताबाट बजेट बनेको पुष्टि हुने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com