२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

फेरि सभापतिमा उठ्न पाउँदिन, डर नराख्नुस् : देउवा

२६ जेठ, चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू तेस्रोपटक सभापतिमा उठ्न नपाउने भएकाले डर नराख्न नेताहरुलाई सुझाव दिएका छन् ।

चितवनमा भएको डेमोक्रेटिक लयर्स एसोसिएसनको ११औं महाधिवेशनमा तेस्रोपटक पार्टी सभापति लड्न आफू नपाउने बताएका हुन् ।

कांग्रेसको विधान अनुसार दुईपटक भन्दा बढी सभापति हुन नपाउने व्यवस्था छ । विधानको उक्त व्यवस्था हटाउने पक्षमा आफू नरहेकाले नेताहरुले डर नराख्न उनले आग्रह गरेका छन् । एमालेले ७० वर्ष उमेर हद हटाएको बताउँदै देउवाले कांग्रेसमा रहेको व्यवस्था हटाउने पक्षमा आफू नरहेको स्पष्टीकरण दिए ।

पार्टी भित्रका सबै मिल्नुको विकल्प नरहेको पनि देउवाले बताए । कांग्रेसको शुभेच्छुक संस्था डीएलएको ११ महाधिवेशन शुक्रबारबाट सुरु भएको छ । देउवाले निर्वाचनमा सकेसम्म सहमतिपूर्ण नेतृत्व चयन गर्न सुझाव दिएका छन् । सर्वसम्मत हुन नसके चुनावमा जान र स्वच्छ प्रतिस्पर्धा गर्न सुझाव दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com