२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Janasewa News

माधव नेपालको प्रस्ताव : नेकपा ब्युँताऔं

२७ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी ब्युँताउने प्रस्ताव गरेका छन् ।

शनिबार एकीकृत समाजवादी भक्तपुरको पहिलो जिल्ला अधिवेशनमा उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा ब्युँताउने प्रस्ताव गरेका हुन् ।

‘हाम्रो पार्टी अर्को कुनै पार्टीमा गएर विलय हुनेवाला छैन । कसैकसैलाई लागेको छ, एमाले, एमालेमा त आफैं रुवावासी चलिरहेको छ । हामी हुन्छ भने पुरानो पार्टी फेरि ब्युँताउँछौं, प्रचण्डजीलाई भन्छु म आउनुहोस्, हामी तयार हुन्छौं, केपीजी तयार हुन्छन् ? नेपाल कम्युनिष्ट पार्टी नेकपा फेरि ब्युँताऔं ।’

एकीकरण गर्ने हो भने आफ्नो र आफ्नो मान्छेको पदका बारेमा सोच्न नहुने नेपालले बताए । उनले नेकपा एमालेले ७० वर्षको उमेर हद हटाएकाेमा पनि कटाक्ष गरे ।

‘सल्लाहकार भएर बसे हुँदैन, केटाहरुले राम्रो काम नगरे फेरि आएर जिम्मा लिए भइहाल्छ नि । ७० वर्ष नाघेकालाई बोलाउने, हामी त भयो अब आराम गर्नुहोस्, सल्लाहकार भएर बस्नुस् भन्छौं, मेरो उमेर भए म पनि बस्छु’ उनले भने ।

अध्यक्ष नेपालले विप्लव समूह, जनता समाजवादी पार्टी लगायत दलसँग पनि मोर्चा बनाउने विषयमा छलफल भइरहेको बताए ।

‘नेकपा विप्लव समूहका नेता कमरेड विप्लव आफैं, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो, हामीले बसेर छलफल गर्यौं, समाजको पक्षमा हामी ४ पार्टी एक ठाउँमा छौं भने हामी एउटा मोर्चा बनाऔं, मोर्चा बनाएपछि शक्ति बन्छ, शक्तिको परिचालन गरौं, सडकमा, संसदमा जनताको आवाज उठाऔं, सरकारमा बसेर पनि राम्रो काम गरौं । हामीले छिटै यसबारेमा मिलेर अघि बढ्ने सोच बनाएका छौं’ उनले भने ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com