२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

घट्याे अमेरिकन डलरकाे भाउ, यस्ताे छ आजकाे विनिमय दर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आईतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ६५ पैसा र बिक्री दर १३२ रूपैयाँ २५ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ६४ पैसा र बिक्री दर १४२ रूपैयाँ २९ पैसा रहेको छ।  हिजो अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ८२  पैसा र बिक्री दर १३२ रूपैयाँ ४२  पैसा रहेको थियो ।  साथै, युरो एकको खरिद दर १४१ रूपैयाँ १८ पैसा र बिक्री दर १४१ रूपैयाँ ८२ पैसामा काराेबार भएकाे थियाे ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ १० पैसा र बिक्री दर १६५ रूपैयाँ ८५ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ३२ पैसा र बिक्री मूल्य ८८ रुपैयाँ ७३ पैसा र क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७ पैसा र बिक्रीदर ९९ रुपैयाँ १५ पैसामा काराेबार गर्न सकिनेछ ।

उता, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४७ पैसामा काराेबार हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १४ पैसा र बिक्री दर ३६ रूपैयाँ ३० पैसा तथा साउदी अरेबियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ११ पैसा र बिक्रीमा ३५ रुपैयाँ २७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com