२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

बुद्धिचाल च्याम्पियनसिप : भारतीय खेलाडी नुबैर र साक्षी आनान्दको अग्रता

काठमाडौँ- नेपाल बुद्धि चाल महासंघको आयोजनामा भइरहेको साउथ एशियन बुद्धिचाल च्याम्पियनसिपको तेस्रो  दिन चौथो र पाँचौँ चरणको  खेल समाप्तिमा भारतीय २४१५ रेटेड ईन्टर नेशनल मास्टर नुबैर शाह शेख साढे ४ अंकका साथ शीर्ष स्थानमा रहेका छन् । भारतीय ग्रान्ड मास्टर २५०८ रेटेड सयतन दास र पाकिस्तानी फिडे मास्टर २०४६ रेटेडअमिर करिम  ४ अंक हात पारी संयुक्तरूपमा  दोस्रो स्थानमा रहृेर नुबैरलाई पछ्याइ रहेका छन् ।

नुबैरलाई चौँथौ चरणको खेलमा नेपाल च्याम्पियन फिडे मास्टर२१४६ रेटेड रुपेश जैसवालले बराबरी गरे । नुबैरले  पाँचौँ चरणको खेलमा पूर्व नेपाल च्याम्पियन २०३२  सुरवीर लामालाई पराजित गरेका थिए ।

खेलमा उच्च वरियताका भारतका ग्रान्ड मास्टर सयतनका लागि चाौथौं र पाँचौँ चरणको खेल सुखद रहयो । उनले चौथो चरणको खेलमा बंगलादेशका २११३ रेटेड अब्दुल मलेक मोहमदलाई पराजित गरे भने पाँचौँ चरणको  नेपालका फिडे मास्टर २०२८ रेटेड  क्षितिज भण्डारी माथी जीतको आत्मसात गरे ।

त्यसैगरी पाकिस्तानी खेलाडी २०४६ रेटेड अमिरले पनि  दुवै खेलमा सफलता हात पारे उनले पाँचौँ चरणको खेलमा नेपालका  १८२८ रेटेड पुरुषोत्तम सिलवाललाई माथ गरे भने चौथो चरणको खेलमा बंगलादेशका फिडे मास्टर २२१२ रेटेड  हसन पराग मोहमदलाई निरास बनाए ।

ललितपुरको गोदावरी स्थित होटेल भ्यु भृकुटीमा जारी प्रतियोगितामा नेपालका रुपेश जैसवाल , क्षितिज भण्डारी र बंगलादेशका हसन पराग मोहम्मदले साढे २ अंक जोडेका छन् भने पुरुषोत्तम सिलवाल र  अब्दुल मलेक मोहम्मदको २ अंक रहेको छ ।

महिलातर्फ तेस्रो र चौथो  चरणको खेल सम्पन्न हुँदा  भारतीय इन्टरनेशनल मास्टर २२२५ रेटेड साक्षी आनान्दले ४ अंक हात जोडेर एकल अग्रता लिएकी छन् भने १९१३ रेटेड बंगलादेशका डिफेन्डिङ च्याम्पियन वहिदा वादिफा ३ अंक सहित दोस्रो स्थानमा रहेकी छन् ।

साक्षीले चौथो चरणको खेलमा दोस्रो चरणको खेलसम्म संयुक्त अग्रता लिएकी बंगलादेशका वदिफा अहमद माथी बाजि मारिन् भने तेस्रो चरणको खेलमा माल्दिप्सका नुहा रिजवानसँग वाक ओभर पाए ।

वादिफाले चौँथौ चरणको खेलमा नेपालका १३३६ रेटेड शुसिला गुरुङलाई पराजित गरिन् ।

महिला राष्ट्रिय विजेता फिडे मास्टर १७५३ रेटेड सुजना लोहनी र १८५२ रेटेड जन्नतउल फेडोस साढे २ अंक हासिल गरिल संयुक्तरूपमा तेस्रो स्थानमा रहेका छन् ।

सुजनाका लागि तेस्रो र चौथो चरणको खेल राम्रो रहयो । उनले तेस्रो चरणको खेलमा रिया श्रेष्ठले माथि सफलता हात पारिन् भने चौथो चरणको खेलमा बंगलादेशकि जन्नतउलसंग बराबरी खेले ।

नेपालका शान्ति धिमाल र रिया श्रेष्ठलेले २ अंक लिएकी छन् ।

छ दिनसम्म संचालन हुने प्रतियोगिताको  लागि राष्ट्रिय खेलकुद परिषद , ललितपुरका स्थानीय निकायहरु  ललितपुर महानगरपालिका , महालक्ष्मी नगर पालिका, गोदावरी नगरपालिका , कोन्जोसम गाउँपालिका, बागमती गाउँ पालिका, महाँकाल गाउँपालिका र ललितपुर जिल्ला समन्वय समितिले सहयोग गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com