२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

समाजवादी मोर्चा निर्माण प्रतिगामीहरूका लागि युद्धको घोषणा हो : प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादी मोर्चा राजनीतिक परिवर्तनका विरुद्ध लाग्नेहरूका निम्ति युद्धको घोषणा भएको बताएका छन् । सोमबार समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले मोर्चा घोषणा राजनीतिक परिवर्तनका विरुद्ध लाग्नेहरूका लागि युद्धको घोषणा भएको बताएका हुन् ।

उनले परिवर्तनलाई होच्याउने, अपमानित गर्ने अराजक र प्रतिगामी प्रवृत्तिका मान्छेहरूले टाउको उठाउन खोजेका भन्दै समाजवादी मोर्चा तिनीहरू विरुद्धको युद्ध नभएको बताए । मोर्चा जनताको पक्षमा, प्रगतिशील र वामपन्थीहरूको पक्षमा भएको पनि उनकाे भनाइ छ ।

प्रधानमन्त्री दाहालले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान बनाउन भुमिका खेल्ने सबैलाई हातेमालो गर्न आग्रह समेत गरे ।

प्रधानमन्त्री दाहालले नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व गरेका नेत्रविक्रम चन्द मोर्चामा सामेल हुनु गुणात्मक र क्रान्तिकारी महत्व भएको बताए । उनले विप्लव समाजवादी मोर्चामा सामेल हुँदा संसदीय राजनीतिमा सामेल भएका आफूहरूमा लागेको धुलोमैलो सफा गर्न मद्दत पुग्ने बताए ।

उनले नेता, कार्यकर्ताहरूको उत्साहले समाजवादी मोर्चाको औचित्य स्थापित भइसकेको बताए । उनले समाजवादी मोर्चालाई अभियानका रूपमा लैजाने जिकिर गरे । उनले आफूहरू सडकमा समेत जाने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com