२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

प्रचण्ड सरकारको विकल्पको ढोका खुलिसक्यो : एमाले प्रचार प्रमुख गौतम

काठमाडौँ- नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको विकल्पको ढोका खुलिसकेको बताएका छन् ।

प्रेस चौतारी नेपाल केन्द्रीय कार्यालयले शुक्रबार आयोजना गरेको अन्तर संवादमा गौतमले वर्तमान गठबन्धन सरकारले देश हाँक्न नसकेकाले विकल्पको ढोका खुलेको बताएका हुन् ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता समीकरणको विषयमा दोस्रो तहका नेताहरूबीच छलफल भइरहेको समाचार आइरहेको बताउँदै उनले सरकार परिवर्तनको खेलमा एमाले नलाग्ने भए पनि वर्तमान सरकार देश हाँक्न नसक्ने प्रमाणित भएकोले विकल्प खोज्नुपर्ने बताए ।

‘सरकार परिवर्तनको खेलमा हामी छैनौं, तर सरकार आफैँ असफल साबित भइसकेकोले जनताले सरकार परिवर्तनको बहस प्रारम्भ गरिसकेका छन्,’ गौतमले भने, ‘एमाले सरकार परिवर्तनको खेलमा लाग्दैन । देश असफल बन्दा हामी टुटुटुलु हेरेर बस्न सक्दैनौँ । मुलुकलाई निकास दिन सरकारको नेतृत्व गर्नुपरे एमाले तयार छ ।’

वर्तमान सरकार पूर्ण रूपमा असफल भइसकेको टिप्पणी गर्दै उनले भने, ‘बाढीपहिरोका कारण धनजनको क्षति भएको छ । त्यसको उद्धार, खोजी, राहत, उपचार, पुनःस्थापना गर्ने कुरामा सरकार मौन छ । सरकारसँग जवाफदेहिता छैन । चौतर्फी गम्भीर मानवीय प्रश्न उठेका छन । जनता नै सरकारको विकल्पको पक्षमा छन् ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com