२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

उपेन्द्र यादवको दाबीः जसपाकै कारण संघीयता आयो, नागरिकताको समस्या समाधान भयो

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपाकै कारण देशभा संघीयता आएको बताएका छन्।

आइतबार पार्टीको विधान महाधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष यादवले जसपा नभएको भए मुलुकमा संघीयता आउँदै नआउने बताए।

‘नेपालमा सङ्घीयता कहिल्यै आउने थिएन,’ उनले भने, ‘जसपा नभइदिएको भए धर्मनिरपेक्षता, समावेशिताजस्ता कुरा कल्पनाका कुरा मात्रै हुने थिए,’ उनले भने।

यादवले जसपाकै कारण अहिले नागरिकताको समस्या सामाधान भएको पनि बताएका छन्।

‘अहिले जनता समाजवादी पार्टी नभइदिएको भए नागरिकता समस्या कहिल्यै हल हुने थिएन,’ उनले भने।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com