२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

समूह चरणबाट बाहिरिसकेको नेपाल अन्तिम खेलमा पाकिस्तानसँग विजयी

भारतमा जारी १४औं साफ च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले पाकिस्तानविरूद्ध १-० गोलको जित निकालेको छ।

समूह चरणको अन्तिम खेलमा जित निकाले पनि नेपाल प्रतियोगिताको समूह चरणबाट बाहिरिसकेको छ। यसअघि कुवेत र भारतसँगको दुबै खेल हारेसँगै नेपाल समूह चरणबाट बाहिरिसकेको हो।

पहिलो खेलमा कुवेतसँग ३-१ र दोस्रो खेलमा भारतसँग २-० गोल अन्तरले पराजित नेपाल २०१५ यता पहिलोपटक समूह चरणबाटै बाहिरिहेको हो।

समूह चरणको अन्तिम खेलमा भने आज नेपालले पाकिस्तानविरूद्ध १-० गोलको सान्त्वना जित निकाल्दै च्यापियनसिपको यो संस्करण सकाएको छ।

नेपालको जितका लागि आशिष चौधरीले दोस्रो हाफको ७८ औं मिनेटमा गोल गरेका हुन्। योसँगै आशिष आफ्नो पहिलो अन्तर्राष्ट्रिय डेब्यू खेलमै गोल गर्न सफल भए।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com