२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

प्रतिनिधिसभा बैठक बस्दै : बजेटमाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने

काठमाडौँ- प्रतिनिधि सभाको बैठक बस्दैछ ।

संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक ११ बजे बोलाइएको छ ।

बुधवारको को बैठकमा बिनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । सोही क्रममा बिनियोजन (बजेट) बिधेयक २०८० माथी उठेका प्रश्रको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिनेछन् । जसअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, उपराष्टपतिको कार्यालय, राष्ट्रिय योजना आयोगलगायतका कार्यालयमा छुटाइएको बजेटमाथि जवाफ दिने कार्यक्रम रहेको छ ।

मंगलबारको  बैठकमा भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com