२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

उपप्रधानमन्त्री श्रेष्ठद्वारा छेन्दुमा अन्तर्राष्ट्रिय मेला अवलोकन

छेन्दु- जनवादी चीनको भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिचुवान प्रान्तको छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको आज अवलोकन गरेका छन् ।

चीनका साथै विभिन्न देशका उद्यमी, व्यवसायीका स्टलमा पुगेर उनले मेला अवलोकन गरेका हुन् । सो मेलामा ५६ देश तथा क्षेत्रका व्यवसायीको सहभागिता रहेको छ । आजदेखि सुरु भएको मेलामा नेपालले समेत सहभागिता जनाएको छ । मेला आगामी जुलाई ३ सम्म चल्नेछ ।

नेपालले सन् २०१३ देखि सो मेलामा सहभागिता जनाउँदै आएको छ । पछिल्लो समय छेन्दु चीनकै व्यापारिक क्षेत्रका रूपमा रहँदै आएको छ । चीनसँगको नेपालको कुल व्यापारको एक तिहाइभन्दा बढी यसै प्रान्तबाट हुने गरेको छ ।

मेलाको उद्घाटन सत्रलाई मुख्य वक्ताका रुपमा सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपालमा लगानीको उपयुक्त वातावरण रहेकाले लगानी गरेर उचित प्रतिफल लैजान आग्रह गरे । रासस

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com