२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

रास्वपाले भन्यो – प्रधानमन्त्रीको राजीनामा मागेका छैनौँ, एमालेको नजरबाट नहेरियोस्

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा नमागेको बताएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद झाले आफूहरुले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग लागेर प्रधानमन्त्री दाहालको राजीनामा नमागेको बताए । उनले प्रधानमन्त्री दाहालको अभिव्यक्ति संसद, लोकतन्त्र र निर्वाचन प्रक्रियालाई अवहेलना गर्नेगरी आएको भन्दै यसप्रति रास्वपाको प्रश्नहरु रहेको र सोही प्रश्नका लागि संसद बैठकमा उठेको स्पष्ट पारे । उनले आफूहरुलाई प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आफूहरुको आशंका रहेको भन्दै सोही विषयमा स्पष्ट हुन चाहेको उल्लेख गरे ।

उनले भने,  ‘अरु दलले राजीनामा मागेको कुराको जिम्मेवारी हामी लिदैनौँ । हामीले बोल्नै पाएका छैनौँ भनेपछि हामीले के माग्यौँ भन्नेकुरा कसरी आँकलन गर्नुहुन्छ ? एकैतिर बसेको भएकोले उहाँहरु पनि उठ्नुभयो । हामी पनि उठ्यौँ । तर हामी फरक बेन्चमा बस्छौँ । उहाँहरु फरक तरिकाले बस्नुहुन्छ । उहाँहरुको राजनीतिक अस्तित्व र परिचय सदनमा फरक छ । त्यसैले गर्दा मिडियाले पटक–पटक हामीलाई एमालेसँग जोडेर जुन हाम्रो परिचय स्थापित गर्न खोजिरहेको छ । त्यो गलत हो । हामी फरक मत, फरक पहिचान, फरक सिद्धान्तले र फरक दलको परिचयले त्यहाँ पुगेका छौँ । हामी उभिदै गर्दा उहाँहरु पनि उभिनुहुन्छ भने उहाँहरुको साथमा उभिएको होइन । हामीले प्रधानमन्त्रीको राजीनामा मागिरहेका छैनौँ । केही कुराहरुमा हाम्रो आशंका छ, आक्रोश छ, त्यो कुरालाई प्रधानमन्त्रीले आएर स्पष्ट पारिदिनुपर्छ । प्रधानमन्त्रीले सार्वभौम सदन र यसको राजनीतिक प्रक्रिया, लोकतान्त्रिक प्रक्रिया, निर्वाचन प्रक्रिया सबैलाई अवहेलना गर्ने अभिव्यक्ति दिनुभएको छ । त्यो अभिव्यक्ति भावनात्मक रुपमा यत्तिकै आएर, उहाँले विवेक गुमाएर बोल्नुभएको हो कि कुन तर्कले बोल्नुभएको हो ? त्यो स्पष्ट पार्न चाहन्थ्यौँ । तर हामीले बोल्ने मौका पाएनौँ ।’

उनले मिडियाले रास्वपालाई एमालेले गर्ने गतिविधिसँग जोडेर हेर्ने गरेकोप्रति असन्तुष्टि व्यक्त गरे । उनले आफूहरूको फरक पहिचान र सिद्धान्त रहेको उल्लेख गर्दै फरक दलको परिचयसाथ आफूहरू संसदमा रहेको स्पष्ट पारे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com