२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

नेपाल प्रहरीले आन्तरिक सुदृढीकरण गर्ने गरी के-के कार्य योजना बनायो ?

काठमाडौँ नेपाल प्रहरीले २०८० को कार्ययोजना स्वीकृत गरेको छ । साउन १ गतेबाट लागू हुने गरी कार्ययोजना स्वीकृत गरेको हो । शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रहरीले यस वर्षका लागि आफ्नो मुख्य कार्ययोजना पनि सार्वजनिक गरेको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले प्रहरी कर्मचारीको संघीय संरचना अनुरूप गर्ने गरी कार्य योजना बनाइने जानकारी दिए । प्रहरी संगठनमा विद्यमान कानुन तथा नीतिमा समयसापेक्ष सुधार गर्ने उनको भनाइ छ

‘नेपाल प्रहरीको इतिहासको संरक्षण र प्रवर्द्धन गरिन्छ,’ उनले भने, ‘नेपाल प्रहरीको आन्तरिक सुदृढीकरण गरिन्छ ।’

नेपाल प्रहरीले अपराध अनुसन्धान गर्नका लागि विशिष्टीकृत तथा वैज्ञानिक प्रणालीको विकास गर्ने योजना उनले सुनाए । शान्तिसुरक्षा तथा प्रहरी कारबाही व्यवस्थापनमा प्रभावकारीता अभिवृद्धि गर्ने उनको भनाइ छ ।

प्रहरी सेवामा प्रविधिमैत्री प्रणालीको विकास गर्ने कडायतले बताए । ‘प्रहरी सेवा प्रवाहमा प्रविधिमैत्री प्रणालीको विकास गरिन्छ,’ उनले अगाडि थपे, ‘खोज, अन्वेषण, अनुगमन, तथा मूल्यांकन पद्धतिको सुदृढीकरण गरिन्छ ।’

नागरिक केन्द्रित प्रहरी सेवा प्रवाहमा अभिवृद्धि गर्ने कडायतको भनाइ छ । प्रहरी जनशक्ति व्यवस्थापन तथा सुदृढीकरण गर्ने उनले प्रस्ट पारे । वैज्ञानिक र आवश्यकतामा आधारित प्रशिक्षण प्रणालीको विकास गर्ने उनले बताए ।

भौतिक पूर्वाधारको विकास तथा श्रोत साधनको समुचित व्यवस्थापन गर्ने उनले जानकारी दिए । कल्याणकारी योजनाहरूको क्षेत्र र पहुँच अभिवृद्धि गर्ने कडायतको भनाइ छ ।

त्यसैगरी, आज चालु आर्थिक वर्ष २०७९/८० को गत ३ महिनामा चैत १५ देखि असार १५ सम्मको प्रगति विवरण पनि सार्वजनिक गरेको छ ।

३ हजार ५६२ फरार अपराधी पक्राउ गरिएको उनले जानकारी दिए । विभिन्न व्यक्तिलाई गरी १ हजार ८७० वर्ष र १० महिना २५ दिन कैद गरिएको उनले बताए । विभिन्न कैदीबाट गरी कुल ३० करोड ३८ लाख १६ हजार ७४१ रुपैयाँ संकलन गरिएको कडायतले जानकारी दिए ।

त्यसैगरी विभिन्न स्थानबाट ६ हजार ९६१.६१ किलो गाँजा, १७९ किलो ग्राम चरेश, ४.२५ किलो ग्राम हेरोइन र ४.९८ किलो ग्राम अफिम बरामद गरेको छ । लागूऔषध ब्यूरोद्वारा संचालित विशेष अपरेशनमा ५ जना विदेशीसहित १२ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई रात्रि क्लब, मनोरञ्जन गृह तथा ट्रान्स पार्टीबाट नियन्त्रणमा लिएको हो ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास प्रकरणमा संलग्नलाई नियन्त्रणमा लिएको बताए । विद्युतीय सट्टा बाजीमा र सहकारी ठगीलाई कारबाही गरिएको उनले जानकारी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com