२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

आलोकनगरमा समाजवादी मोर्चाको पहिलो बैठक सुरु

२३ असार, काठमाडौं । समाजवादी मोर्चाको पहिलो बैठक शनिबार एकीकृत नेकपा समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बसेको छ । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चाको पहिलो बैठक बसेको हो ।

बैठकमा चार पार्टीका अध्यक्षसँगै अन्य शीर्ष नेताहरु सहभागी छन् । ४ असारमा चार पार्टीले मोर्चाको घोषणा गरेका थिए ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा मोर्चाको भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कामहरुको योजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com