२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

कति छ आज विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.०९ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.६९ रुपैयाँ रहेको छ भने  युरोपियन युरो एकको खरिद दर १४४.८९ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.५५ रुपैयाँ रहेको छ ।

हिजो अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ०९ पैसा र बिक्री दर १३२ रूपैयाँ ६९ पैसामा कारोबार भएको थियो भने युरो एकको खरिद दर १४३ रूपैयाँ ७३ पैसा र बिक्री दर १४४ रूपैयाँ ३९ पैसामा खरिद बिक्री भएको थियो ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.५८ रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिद दर ८८.३६ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.७६ रुपैयाँ  , क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसा, रहेको छ भने बिक्री दर १७०.३५ रुपैयाँ तथा दक्षिण कोरिया १०० को खरिदमा १० रूपैयाँ १७ पैसा र बिक्रीदर  १० रूपैयाँ २२ पैसामा कारोबार हुनेछ ।

यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २५ पैसा र बिक्री दर ३६ रूपैयाँ ४१ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.२१ रुपैयाँ र  बिक्री दर ३५.३७ रुपैयाँ  तथा मलेसियन रिंगिट एकको खरिद दर २८.२९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४२ रुपैयामा कारोबार गर्न सकिनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com