२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

प्रधानमन्त्री प्रचण्डपत्नी सीता दाहाललाई आजै अन्त्येष्टि गरिने

बुधबार बिहान निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पत्नी सीता दाहाल लाई आजै अन्त्येष्टि गरिने भएको छ।

उनको बुधबार बिहान ८ः३३ बजे उपचारका क्रममा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो।

गम्भीर प्रकारको पार्किन्सन्सबाट गुज्रिइरहेकी उनको बिहान एक्कासी शरीरमा अक्सिजनको मात्रा घटेको थियो।

तुरुन्तै अस्पताल पुर्‍याएकी उनको निधन भएको अस्पतालले जानकारी दिएको हो।

उनको पार्थिक शरीर बिहान ११ बजेदेखि पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि पशुपति आर्यघाटमा दिउँसो अन्त्येष्टि गरिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

सीता २०५२ सालभन्दा अगाडिदेखि नै राजनीतिमा सक्रिय थिइन्। तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको सशस्त्र संघर्षमा भूमिगत भएकी दाहाल खुला राजनीतिमा पनि पार्टी काममा सक्रिय थिइन्।

२०७४ साल मंसिरमा छोरा प्रकाश दाहालको निधन भएपश्चात् उनलाई रोगले गाँज्दै लगेको थियो। पछिल्लो समय उनी ओछ्यान नै परेकी थिइन्।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com