२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट सुरु हुँदैछ ।

यसअघि तय भए अनुसार केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो १ बजे बैठक सुरु हुनेछ ।

अघिल्लो वर्ष साउनमा बैठक बसेपछि केन्द्रीय समिति बैठक अझै बस्न सकेको थिएन, झन्डै एक वर्षपछि बस्न लागेको उक्त बैठकमा यसबीचमा भएका निर्णयहरू अनुमोदन गराउनेदेखि भातृ संगठन सम्बन्धी गरेको निर्णय र विस्तारका बारेमा पुर्नविचार गरिने भएको छ ।

गत सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले तय गरेको अजेन्डा अनुसार कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन गरिने भएको छ ।

यसैगरी, महाधिवेशन सम्पन्न गरेको ६ महिनामा गर्ने भनिएको नीति अधिवेशनका बारेमा निर्णय गरिनेछ । जसअनुसार नीति महाधिवेशनको मिति र स्थान तय गरिने जनाइएको छ ।

साथै, संगठनको कार्ययोजना, कार्यतालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि केन्द्रीय समितिमा छलफल हुने जनाइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com