२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

चितवनको दासढुंगामा बस दुर्घटना, १९ जना घाइते

असार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ दासढुंगामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार काँकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रु बस आज बिहान ५:२० बजे आफैं अनियन्त्रित भएर पल्टिँदा बसमा सवार १९ जना घाइते भएका हुन् ।

बस सडकबाट झण्डै १० मिटर तल खसेर रुखमा अड्किएर त्रिशूली नदीमा खस्नबाट जोगिएको छ ।

दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा ल्याइएको छ । बस चालक पनि घाइते भएर उपचाररत छन् । घाइतेहरुमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रहरीले जनाएको छ ।

बसलाई दुर्घटनास्थलबाट बाहिर निकाल्ने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com