२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

लोकतन्त्रको साइन बोर्ड भएर हुँदैन, व्यवहार आचरण लोकतान्त्रिक हुनुपर्छ : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अझै पनि भोकमरीको अवस्था रहेको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कतिपय गरिबीको रेखामुनि रहेका नागरिकहरूले आधारभूत अधिकारसमेत नपाइरहेको जिकिर गरे । उनले यसबारेमा राज्यलाई सचेत गराउनु पर्ने बताए ।

अध्यक्ष ओलीले लोकतन्त्र साइन बोर्ड र प्रणालीमा मात्रै सीमित नभई आचरण, व्यवहार, जीवनपद्धति र राज्यको कार्यशैलीमा हुनुपर्ने उल्लेख गरे । उनले यसका लागि राज्यका सबै तहका नागरिकहरूले झक्झक्याउनुपर्ने बताए ।

अध्यक्ष ओलीले अहिले पनि गरिबीको रेखामुनि ठूलो संख्या रहेकाले सबै मिलेर उनीहरूलाई आधारभूत अधिकार दिलाउनुपर्ने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com