२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

यो साता प्रतितोला १९ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा प्रतितोला १ हजार ९०० रुपैयाँले घटेको जानकारी दिएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रवार बढेर १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य बढेर १ लाख ११ हजार ९५० रुपैयाँ पुगेको छ ।

यो साताको आइतवारदेखि नै सुनको मूल्य बढ्न थालेको थियो । आइतबार तोलामा ७०० रुपैयाँले बढेको थियो । यस्तै, सोमबार र मंगलबार स्थिर कायम भएको सुनको मूल्य बुधबार ३०० ले बढेको थियो भने बिहीवार ८०० रुपैयाँले बढेको थियो । यस्तै, शुक्रबार प्रतितोला १०० रुपैयाँको वृद्धि आएको थियो । यसैगरी, यो साता चाँदीको मूल्य तोलामा १०५ रुपैयाँ बढेको छ । गत साताको शुक्रवार प्रतितोला १३ सय ७५ रुपैयाँ रहेको चाँदी यो साताको शुक्रवार १४ सय ८० रुपैयाँ पुगेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com