२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ०६ पैसा र बिक्री दर १३१ रूपैयाँ ६६ पैसा तथा युरोपियन युरो एकको खरिददर १४७ रूपैयाँ १० पैसा र बिक्री दर १४८ रूपैयाँ ७८ पैसा कायम गरिएको छ ।

अमेरिकन डलरको खरिद दर ० रूपैयाँ १० पैसा र बिक्रीदरमा १४ पैसाले डलरको भाउ बढेको छ । हिजो अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९६ पैसा र बिक्री दर १३१ रूपैयाँ ५६ पैसा तथा युरो एकको खरिद दर १४७ रूपैयाँ ३४ पैसा र बिक्री दर १४८ रूपैयाँ ०१ पैसामा  कारोबार भएको थियाे ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ ५९ पैसा र बिक्री दर १७० रूपैयाँ २७ पैसा अस्ट्रेलियन डलर एकको खरिद दर ८८.६६ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.७  रुपैयाँ,  क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ४६ पैसा  र बिक्रीदर ९९ रुपैयाँ ९१ पैसा कायम गरिएको छ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसामा कारोबार हुदाँ दक्षिण कोरीया १०० को खरिदमा १० रूपैयाँ ३६ पैसा र बिक्रीदर  १० रूपैयाँ ४१ पैसा कायम भएको छ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९७ पैसा र बिक्री दर ३६ रूपैयाँ १४ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले  साउदी रियाल एकको खरिद दर ३४.९४ रुपैयाँ रहेको छ  भने बिक्री दर ३५.१ रुपैयाँ , मलेसियन रिंगिट एकको  खरिद दर २८.८५ रुपैयाँ  तथा बिक्री दर २८.९८  रुपैयाँ र कुवेती दिनार १ को खरिद मूल्य ४२७.४१ पैसा  विक्रीदर ४२९.३६ पैसा कायम गरिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com