२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

कांग्रेसलाई कानुन नलाग्ने भन्ने परिकल्पना हामीले गरेका होइनौँ

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेता बालकृष्ण खाणको विषयमा जवाफ दिँदै कांग्रेसलाई कानुन नलाग्ने भन्ने परिकल्पना नगरेको बताएका छन् । सोमबार सानेपामा जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

‘२०५९ सालमा नेपाली कांग्रेसको पार्टीकै नेतृत्वको सरकार भएको बेला भ्रष्टाचार निवारण ऐन २०५९ बनेको होइन र ?’ उनले भने, ‘त्यो बनेको कानुन अन्तर्गत कांग्रेसका नेताहरू पर्नुभयो होला । हामीले कानुन बनाउँदै गर्दा कांग्रेसले कानुन बनाउने तर त्यो कानुन कांग्रेसकालाई नलाग्ने भन्ने त हामीले परिकल्पना गरेका थिएनौँ । त्यस कारण कांग्रेसका नेता पर्नुभयो होला । अहिले अर्को नेता मुछिनु भएको होला । त्यो विषय आफ्नो ठाउँमा छ । तर, यो कानुन नेपाली कांग्रेसले बनाएको हो ।’

कांग्रेसले व्यक्तिलाई भन्दा पनि विधिलाई हेर्नु पर्ने महामन्त्री शर्माकाे भनाइ छ ।

‘हामीले बनाएको कानुन अनुसार हाम्रै नेताहरू जेल पर्नु भयो भने हामीले ध्यान दिनु पर्ने कुराहरू के हो भने कानुन कमजोर बनाउन त हामीले ध्यान दिएनौँ ?’ उनले भने, ‘हामी कसैलाई जोगाउन व्यक्तिगत रूपमा चाहान्छौँ भनेनौँ ?  कुनै दलले निलम्बन गर्यो वा गरेन भन्ने प्रश्नले मात्रै समग्र कुरा हुँदैन । कांग्रेस पार्टीले कानुन कमजोर बनाउन खोज्यो ? खोजेन । बलियो बनाउन खोज्यो । अनुसन्धान कमजोर बनाउन खोज्यो ? खोजेन । कांग्रेसले अनुसन्धानलाई सघाउन खोज्यो । प्रश्न व्यक्तिको होइन, विधिको हो ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com