२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

एनआरएनए माल्टा निर्वाचन अगावै फुटको संघारमा, अलग-अलग आचारसंहिता जारी

काठमाडौँ- एनआरएनए एनसिसि माल्टा निर्वाचन अगावै फुटको संघारमा पुगेको छ ।

निर्वाचन समिति बैठकमा एकपक्षिय रुपमा निर्वाचन संयोजक राजु अर्यालले निर्वाचन समिति अध्यक्ष प्रत्यासी र अन्य उमेदवारहरूको माग विपरित र जनमानसको भावना विपरित मतदाताको स्वविवेक गर्न पाउने अधिकारलाई प्रभावमा पार्ने मतदाताको अधिकारलाई प्रभावमा पार्ने सहज हुने तरिकाले निर्वाचन समितिको संयोजक अगाडि बढेको आरोप लगेको छ ।

आचारसंहिता एकपक्ष रुपमा आधिकारिक पेजबाट सार्वजनिक गरेसँगै अन्य निर्वाचन समिति सदस्य सचिव आकाश गुरुङ, हरि प्रकाश विश्वकर्मा र उज्वल केसीले असहमत राख्दै अर्को आचार संहिता एनआरएनएको आधिकारिक फेसबुक पेजबाट प्रकाशित गरेको छ ।

संयोजक अर्यालले एकलौटी तरिकाले अगाडि बढेको र कसैको रिमोट भएर चलेको आरोप लागेको छ । दुई पक्षिय आचारसंहिता उल्लेख गरिएको छ ।

निर्वाचन समिति सदस्य सचिव  गुरुङ, विश्वकर्मा र केसीले निर्वाचन समितिको संयोजकले सदस्य सचिवको क्षेत्राधिकार खोसेको आरोप लगाएका छन् । उनीहरूले एक पक्षिय ढंगले आफ्ना केहि पक्षलाई पक्षपोषण गरेको आरोप लगाएका छन् ।

‘स्थानिय स्तरमा विभिन्न किसिसका समस्याहरू छरपस्ट आइसकेपछि हामीले निर्वाचन स्वच्छ सभ्य र  शान्तिपूर्ण तरिकाले  सम्पन्न गर्न र मतदाताहरूले स्वविवेक प्रयोग गरि मतदान गर्न पाउनुपर्छ भनि धाराण राख्दा उहाँहरूले कहानिर गल्ति देख्नुभयो एउटा पक्षले अनलाइन प्रणालीको लागि भनिएको vero voting सँग तालिम लिएर उमेदवारहरू र उहाँहरूका केहि समर्थकहरूले मतदानको तालिम लिइसकेको’ गुरुङ, विश्वकर्मा र केसीले भनेका छन् ‘अरु सर्वसाधारण माल्टावासीलाई गुम्राहमा राखेर निर्णय गरिएको छ । तल उल्लेखित आचारसंहितामा कहाँनर गलत छ ? सबै कुरामा सहमति भै अन्तिम अबस्थामा कसैको एसएमएस आएपछि उहाँहरूको बोलि परिवर्तन भएको हो । यदि बैठकको निर्णयहरू हेर्ने हो भने आउनुहोस् कतिबेला उहाँहरू बखेडा झिकेर एकलौटी तरिकाले जानु र संयोजक अरूको रिमोट भएर चलेको प्रस्ट थाहा हुन्छ ।’

राजु अर्यालले जारी गरेको आचारसंहिता

 

केसी,गुरूङ र विश्वकर्माले जारी गरेको आचारसंहिता

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com