२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

सुन प्रकरण : चिनियाँ नागरिकको गोदाममा छापा मार्दा भेटियो दारी काट्ने मेशिन

काठमाडौं । झण्डै सय किलो सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकले लिएको भाडाको गोदाममा प्रहरी र राजश्व अनुसन्धान विभागको टोलीले छापा मारेको छ ।

बिहिबार प्रहरीले काठमाडौंको लाजिम्पाटस्थित चिनियाँ नागरिकले भाडामा लिएको गोदाममा छापा मारेको हो । सो क्रममा दारी काट्ने मेशिन १ सय कार्टुन फेला पारिएको छ । प्रहरी र विभागको टोलीले अहिले थप अनुसन्धान गरिरहेको छ ।

साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदैं गर्दा झण्डै १ सय किलो सुन राजश्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको थियो ।

अहिलेसम्म घटनाको छानबिनका क्रममा एक चिनियाँ, एक भारतीय, भन्सार कर्मचारी,भन्सार एजेन्ट लगायतका गरी १७ जना पक्राउ परिसकेका छन् । सुन प्रकरणको मुख्य ब्यक्ति को हो भन्ने अझै पत्ता लागेको छैन ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com