२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

कुवेतमा पाँच जनालाई मृत्युदण्ड,यस्तो छ कारण

काठमाडौं।कुवेतले आज पाँच जनालाई मृत्युदण्ड दिएको छ। प्राण हरणको दण्ड पाउनेमा सन् २०१५ मा आत्मघाती बम विफोटमा संलग्न भएको आरोपमा दोषी ठहरिएका इस्लामिक स्टेट समूहका एक सदस्यसमेत रहेका कुवेती सार्वजनिक अभियोजनको कार्यालयले जनाएको छ। उक्त आक्रमणमा २६ जनाले ज्यान गुमाएका थिए।

कुवेती अभियोजन कार्यालयले एक विज्ञप्ति निकालेर देशको केन्द्रीय कारागारमा मृत्युदण्डको कार्यान्वयन गरिएको र त्यसको अनुगमन गरिएको बताएको छ। मृत्युदण्ड पाएका अधिकांश हत्यामा दोषी ठहरिएका पनि उक्त कार्यालयले स्पष्ट गरेको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com