२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

सुनको मूल्य घट्यो

काठमाडौँ- चालु साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी महासंघको अनुसार अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला ८०० रुपैयाँ बढेर रेकर्ड नजिक पुगेको सुनको मूल्य शुक्रबार प्रतितोला ९०० रुपैयाँ घटेको हो ।

अघिल्लो दिन प्रतितोला १ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार ९०० रुपैयाँले घट्दै १ लाख १२ हजार ६ सय रुपैयाँमा झरेको हो ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा ९०० रुपैयाँले नै घट्दै १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य पनि शुक्रबार तोलामा ४० रुपैयाँले घटेको छ । शुक्रबार चाँदी १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com