२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

राष्ट्रपतिबाट मिटरब्याजसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौँ- मिटरब्याज पीडितलाई न्याय दिन भन्दै ल्याइएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् ।​

संघीय संसदका दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभाबाट पारित भई प्रमाणीकरणका लागि आएको उक्त विधेयकलाई शुक्रबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै अब उक्त विधेयकले कानुनका रूप लिएको छ ।

उक्त विधेयक राष्ट्रिय सभामा उत्पत्ति भएको थियो । राष्ट्रिय सभाले उक्त विधेयक पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो । प्रतिनिधिसभाले पनि संशोधनसहित पारित गरेर पुनः राष्ट्रिय सभा पठायो ।

बिहीबार बसेको राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट प्राप्त संशोधनसहितको उक्त विधेयकलाई पारित गरेको थियो । दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय शीतल निवास पठाइएको थियो । सोही विधेयकलाई शुक्रबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com