२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

कोशीका मुख्यमन्त्री थापाको सपथ आज, तीन दलका तीन मन्त्री नियुक्त हुने

विराटनगर- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज विहान पद तथा गोपनीयताको सपथ लिने तयारी गरेका छन् । प्रदेश प्रमुखको कार्यालयका अनुसार आज बिहान साढे १० बजे सपथको समय तोकिएको जनाइएको छ ।

थापालाई प्रदेश प्रमुख परशुराम खापुङ्गले मंगलबार कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ती गरेका थिए । सभामुख बाबुराम गौतमले राजीनामा गरेपछि गठबन्धन दलभित्रको माओवादी केन्द्रको सांसद संख्या १३ पुग्दा ९३ सदस्यीय प्रदेश सभाको बहुमत संख्या ४७ पुर्‍याएर थापाले दाबी पेश गरेका थिए ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनी कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् । थापाले पहिलो चरणमा गठबन्धन दलहरूमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एक एकजना मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

गठबन्धनमा नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादीको १ सिट रहेको छ ।

नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र कुमार राईले भने अघिल्लो पटक उद्धव थापाकै नेतृत्वको सरकारमा पठाइएका कमल प्रसाद गवेगुलाई यसपटक पनि सरकारमा पठाउने तयारी रहेको जानकारी दिए । कांग्रेस र माओवादी केन्द्रले मन्त्रीको नाममा छलफल गरिरहेको जनाइएको छ ।

गठबन्धनमा रहेको जनता समाजवादीले भने अहिले नै सरकारमा नजाने रणनीतिमा रहेको जनाइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com