माओवादी केन्द्रकाे केन्द्रीय समिति बैठक सुरु
जनसेवा न्युज डटकम संबाददाता
काठमाडाैं । माओवादी केन्द्रकाे केन्द्रीय समितिकाे बैठक सुरु भएकाे छ । आजदेखि प्रज्ञाभवनमा कमालादीमा सुरु भएकाे बैठक पाँच दिनसम्म चल्ने छ ।
केन्द्रीय समिति बैठकअघि स्थायी समिति बैठक मुख्यालय पेरिसडाँडामा बसेको थियाे । पेरिसडाँडा बैठकले हाल कायम केन्द्रीय समिति सदस्य संख्या ३८५ लाई बढाएर ४०७ जना बनाउने निर्णयलाई सदर गरेको छ।
माओवादीले केन्द्रीय समिति सदस्य संख्या विस्तार गर्न विधान संशोधन गर्ने भएको छ। आजको स्थायी समिति बैठकले विधान संशोधन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा पेस गर्ने निर्णय गरेको थियाे ।
सिनियर नेतालाई केन्द्रीय समितिमा राख्न माओवादीले सदस्य संख्या थपेको हाे ।