२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

उपचारका क्रममा हुने हरेक मृत्युको अडिट रिपोर्ट पठाउन स्वास्थ्य मन्त्रालयको आग्रह

१७ साउन, काठमाडौं । अब अस्पतालल उपचारका क्रममा हुने प्रत्येक मृत्युको अडिट रिपोर्ट तयार गर्नु पर्ने भएको छ । तयार भएको रिपोर्ट स्वास्थ्य सेवा विभागका पठाउनु पर्ने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई उपचारत बिरामीको मृत्यु भएमा मृत्युको कारण पहिचान गरी प्रतिवेदन पठाउन आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयको मंगलबारको सचिवस्तरीय निर्णय अनुसार स्वास्थ्य मन्त्रालयकी वरिष्ठ अस्पताल नर्सिङ प्रशासक शकुन्तला प्रजापतिले सबै अस्पताललाई अस्पतालमा मृत्यु भएकाको मृत्युको कारण पहिचान प्रतिवेदन पठाउन पत्राचार गरेकी हुन् ।

स्वास्थ्य मन्त्रालयले सबै संघीय, प्रादेशिक, स्थानीय र निजी तथा सामुदायिक अस्पतालहरुलाई स्वास्थ्यसंस्थामा उपचारको क्रममा मृत्यु भएकाको मृत्युको कारण पहिचान गरी त्यसको प्रतिवेदन पठाउन पत्राचार गरेको हो ।

उक्त प्रतिवेदन स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखामा पठाउन मन्त्रालयले आग्रह गरेको छ ।

उक्त रिर्पोटले मृत्युको ट्रेन्ड कस्तो छ ? कुन रोग, के कारणले बढी मृत्यु हुँदो रहेछ ? भन्ने यर्थाथ जानकारी हुने भएकोले मृत्यु अडिट गर्न लागेको मन्त्रालयका अधिकारी बताउँछन् ।

हेर्नुहोस् रिपोर्ट :

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com