२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

संसदीय सुनुवाइ समितिले गर्‍यो प्रस्तावित तीन राजदूतको सुनुवाइ

काठमाडौँ – संसदीय सुनुवाई समितिले तीन देशको राजदुतमा प्रस्तावित व्यक्तिहरुको सुनुवाई गरेको छ ।

समितिको बुधवार बसेको बैठकले न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका राजदुत स्थायी प्रतिनिधिमा नियुक्तिका लागि प्रस्तावित लोकबहादुर थापाको सुनुवाई गरेको हो । त्यस्तै स्वीट्जरल्याण्डका लागि आवासीय राजदुतमा प्रस्तावित रामप्रसाद सुवेदी र फ्रान्सका लागि आवासिय राजदुत सुधिर भट्टराईको पनि सुनुवाइ गरेको छ ।

प्रस्तावित राजदुतहरुले आफूले जिम्मेवारी पाएमा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न भुमिका खेल्ने बताएका छन् । फ्रान्सका लागि आवासीय राजदुतका लागि प्रस्तावित सुधिर भट्टराईले फ्रान्स युरोपेली संघको महत्वपूर्ण सदस्य भएको भन्दै नेपाल सम्बन्धी छलफलमा नेपालको पक्षमा फ्रान्सबाट लबिङ हुने अवस्था सिर्जना गर्ने बताए । उनले दुई देशबीचमा उच्चस्तरीय राजनीतिक भ्रमणहरु गराउन पहल गर्ने पनि बताए ।

उनले भने, ‘नेपाल र फ्रान्सबिच उच्च राजनीतिक स्तरमा वार्ता, संवाद र भ्रमणको आदान–प्रदान थप बढाउनुपर्ने म आवश्यकता देख्दछु । राजनीतिक सम्बन्धलाई थप सुदृढीकरण गर्न नेपाल र फ्रान्सबीच रहिआएको द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन उच्चस्तरीय राजनीतिक भ्रमणहरुको आदान–प्रदान गराउन संवाद र पहल गर्नेछु । सम्बन्धलाई थप सुदृढ बनाउन परराष्ट्र मन्त्रालयबिच स्थापित संयन्त्रका बैठक तथा यसका निर्णयहरुलाई समन्वय र अनुगमन गर्नेछु । नेपालको संघीय संसद र फ्रान्सको संसदबीच निर्माण भएका नेपाल–फ्रान्समैत्री समूहहरुलाई आपसी सम्बन्ध बिस्तार गर्न, अनुभव आदान–प्रदान गर्न, नेपालको हित प्रवद्र्धन गर्न संसदीय प्रतिनिधि मण्डलको भ्रमण आदान–प्रदानको विषयलाई प्राथमिकता दिनेछु । फ्रान्स युरोपेली संघको महत्वपूर्ण सदस्य भएको सन्दर्भमा नेपाल सम्बन्धी छलफलमा नेपालको पक्षमा फ्रान्सबाट लबिङ हुने अवस्था सिर्जना गर्नेछु । र नेपाल–फ्रान्सबिच जलवायु परिवर्तन, वातावरण संरक्षण, हरित विकासको क्षेत्रमा सहकार्य गर्नेतर्फ पहल गर्नेछु ।’

भट्टराईले दुई देशको परराष्ट्र मन्त्रालयबीच स्थापित भएका संयन्त्रका बैठक तथा यसका निर्णयहरुलाई समन्वय र अनुगमन गर्ने पनि बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com