२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

विश्वकाे नम्बर २ जर्मनी समूह चरणबाट बाहिरिँदा कोलम्बिया र मोरक्को अन्तिम १६ मा

काठमाडौँ- अस्ट्रेलिया र न्यूजिल्यान्डमा संयुक्त रूपमा जारी फिफा महिला विश्वकपको समूह चरणबाट जर्मनी बाहिरिएको छ । कोलम्बिया र मोरक्को अन्तिम १६ मा प्रवेश गर्ने अन्तिम टोली बनेका छन् ।

समूह ‘एच’ अन्तर्गत अस्ट्रेलियाको पर्थ  रेक्टाङ्गुलर स्टेडियममा भएको खेलमा मोरक्कोले कोलम्बियालाई १-० गोलअन्तरले पराजित गर्दै नकआउट चरणमा प्रवेश गर्यो । मोरक्कोका लागि जित दिलाउन अनिसा लहमारीले पहिलो हाफको ईनजुरि समयमा गरेको गोल नै निर्णायक बन्यो ।

मोरक्कोले ३ खेलमा ६ अंक जोड्दै समूह उपविजेताका रूपमा अन्तिम १६ मा स्थान बनायो ।

हार बेहोरेको कोलम्बियाले ३ खेलमा ६ अंक जोड्दै गोल अन्तरले समूह विजेताका रूपमा अन्तिम १६ मा स्थान बनायो ।

यसै समूहको अर्को खेलमा दक्षिण कोरिया र जर्मनीबीचको खेल १-१ गोलको बराबरी सकियो । बराबरी खेलेको जर्मनी ३ खेलमा ४ अंक मात्र जोड्न सक्यो ।

यसैसँग समूह चरणका खेलहरू सकिएका छन् । अन्तिम १६ का खेलहरू शुक्रबारबाट सुरु हुनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com