२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

केन्द्रीय सदस्यहरूले अध्यक्षको प्रतिवेदनलाई समर्थन गर्दै कार्यान्वयनमा जोड

माओवादी केन्द्रीय समिति बैठक

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले अध्यक्षको प्रतिवेदनलाई समर्थन गर्दै कार्यान्वयनमा जोड दिएका छन् ।

बैठकको दोस्रो दिनको बैठकमा अध्यक्षको प्रतिवेदनमाथि मुलभूत रूपमा समर्थन गर्दै कार्यान्वयनमा जोड दिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनीहरूले माओवादी नेतृत्वको सरकारले पछिल्लो समयमा गरेका कामहरू राम्रो भए पनि पार्टीलाई अल्मलिएको जस्तो देखिएको धारणा राखेका थिए ।

त्यस्तै बैठकमा अध्यक्ष प्रचण्डले पार्टीलाई सुधारेर अघि लैजान आफू प्रतिबद्ध रहेको भन्दै यसमा सबैले साथ दिनुपर्ने धारणा राखेका थिए । बिहीबारसम्म ५७ जना सदस्यहरूले धारणा राखेको र धारणा राख्ने क्रम शुक्रबार पनि जारी रहने प्रवक्ता महराले जानकारी दिए ।

त्यस्तै महराले सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र राजनीतिक प्रभाव देखिएको बताए ।

बैठकमा सदस्यहरूलाई बोल्नका लागि ५ मिनेटको समय उपलब्ध गराइएको छ । बुधबारबाट सुरु बैठक पाँच दिनसम्म चल्ने माओवादी केन्द्रले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com