२०८१ बैशाख ३० - Sun May, 2024 -

Janasewa News

सकियो माओवादी केन्द्रको केन्द्रीय समिति बैठक

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सकिएको छ । आइतबार अध्यक्ष पुष्पकमल दाहाल’ प्रचण्ड’को सम्बोधनसँगै बैठक सकिएको हो ।

बैठक समापनका क्रममा प्रधानमन्त्री समेत रहेका प्रचण्डले बैठकले आफूहरू र पार्टीलाई एक ढिक्का बनाएकाे बताए ।

‘हामी एक ढिक्का भएका छौँ । पार्टी नेतृत्व बाहिर जाने छैनौँ । नेतृत्वको वरिपरि गोलबन्द हुने छौँ । हामी भावनात्मक रूपले भए पनि एक ढिक्का भएका छौँ । फेरि माओवादी जाग्ने छ,’ उनले भनेका थिए ।

त्यसलगत्तै हलमा ‘श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड– लालसलाम’को नारा गुन्जिएको थियो । केन्द्रीय सदस्यहरूले ‘श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड– लालसलाम, लालसलाम’ को नारा लगाएका थिए ।

बैठक समापन गर्दा महासचिव देव गुरुङले केही नारा लगाए भने केन्द्रीय सदस्यले सामूहिक रूपमा ‘जिन्दावाद’जिन्दावाद’ भनेका थिए ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक गत बुधबारदेखि काठमाडौँको कमलादीस्थित प्रभा भवनमा चलेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com