२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

खहरे खोला अतिक्रमण गरेर बनेका घरटहरा हटाउनका लागि काठमाडौँ महानगरले पुन: नापजाँच गर्ने

काठमाडौँ- कपनमा खहरे खोला अतिक्रमण गरेर बनेका घर टहरा हटाउनका लागि काठमाडौँ महानगरले पुन: नापजाँच गर्ने भएको छ ।

अतिक्रमण गरेर बनेका घर टहरा भत्काउन गएका महानगरको टोली र स्थानीयबीच विवाद भएपछि बूढानीलकण्ठ नगरपालिकाको समन्वयमा पुन: नापजाँच गर्न महानगर सहमत भएको हो । विवाद भएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीबीच छलफल भएको थियो । छलफलपछि सो क्षेत्रमा पुन: नापजाँच गरेर थप काम अघि बढाउने सहमति भएको काठमाडौँ महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।​

कपनमा खहरे खोला अतिक्रमण गर्दा वर्षामा बाढी आउने गरेको र निकै धनजनको समेत क्षति पुगेको भन्दै बिहानै महानगरको टोली डोजरसहित सो क्षेत्रमा पुगेको थियो । महानगरको टोली आएपछि स्थानीयहरूले विरोध गर्दै नाराबाजी गरेका थिए । केही स्थानीयहरूले भने बर्सेनि हुने डुबानलाई रोक्न खहरे खोलालाई निर्वाध रुपमा बग्न दिनुपर्ने बताएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com