२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

सुनिल शर्मालाई बाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश

काठमाडौँ- नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई अदालतले हिरासत बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बिहीबार नक्कली शैक्षिक प्रमाणपत्रकाे आधारमा चिकित्सा शिक्षाको ‘योग्यता’ हासिल गरेको आरोपमा पक्राउ गरेर आज हिरासतमा राख्न म्याद थपका लागि गरेको आग्रह अस्वीकार गर्दै काठमाडौँ जिल्ला अदालतले शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न भनेको हो ।

शर्मालाई सीआइबीले बिहीबार काठमाडौँबाट पक्राउ गरेको थियो । शर्माकै जस्तो समान कसुरमा पक्राउ परेका अरु ७ जनालाई भने अदालतले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

शर्मा प्रतिनिधि सभा सदस्य समेत भएका कारण अनुसन्धानका लागि उनलाई थुनामा राखिराख्नुपर्ने अपरिहार्यता नदेखिएको अदालतको ठहर छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com