२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

सबै भ्रष्टाचार काण्डका फाइल खोलौँ : बाबुराम भट्टराई

बुटवल- पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले भ्रष्टाचार सम्बन्धी अहिलेसम्म चर्चामा आएका सबै काण्डका फाइल खोल्न चुनौती दिएका छन् । उनले विशेष अधिकार सम्पन्न आयोग बनाएर अहिलेसम्मका काण्डका फाइल खोल्न सरकारले हिम्मत गर्नुपर्ने बताएका छन् ।

देशको प्रमुख कार्यकारी माथि नै प्रश्न उठेको समयमा उच्चस्तरीय र निष्पक्ष छानबिनका लागि आयोग गठन गर्न पनि सरकार तयार हुनु पर्ने उनको तर्क छ ।

शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले आफू शक्तिमा हुँदा विपक्षीलाई तर्साउन सरकारले विषयहरू उछाल्ने तर, आफ्ना कुराहरू लुकाउने गर्न नहुने उल्लेख गरे । पूर्व प्रधानमन्त्री भट्टराईले भने, ‘उहाँहरू नडराउनु भए हुन्थ्यो, म त भ्रष्टाचारका सबै फाइल खोल्नु पर्छ भन्ने पक्षमै छु ।’

माथिदेखि नै अनुसन्धानलाई अघि बढाउनु पर्ने बताउँदै उनले विगतका आयोग जस्तो नभई बलियो र निष्पक्ष आयोग गठन गरी भ्रष्टाचारका सबै फाइलहरू खोल्नुपर्ने बताए । उनले भने, ‘अहिलेसम्म चर्चामा आएका भ्रष्टाचार काण्डका फाइल खोलौँ, गहन अध्ययन अनुसन्धान गर्ने वातावरण बनाऔं ।’

संसदमा नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्नु अधिकारको कुरा भएको उनले उल्लेख गरे । एमालेको माग सैद्धान्तिक ढङ्गले ठीक भएको बताउँदै उनले भने, ‘सबैलाई छानबिन गर्न सक्ने हैसियत भएको आयोग भए हुन्थ्यो भन्ने हो ।’

यसैगरी ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले आफूमाथि पनि छानबिन गर्नु पर्ने आदेशको प्रसंगमा उनले त्यसका लागि आफू सहयोग गर्न तयार रहेको बताए । ‘मेरो पालामा थोरै एउटा सानो निर्णय भएको रहेछ, त्यो मेरो व्यक्तिगत कुरा थिएन,’ भट्टराईले भने, ‘बयान दिन म तयार छु । उनले उच्चस्तरीय छानबिनको ढोका खुल्छ भने सबैखाले सहयोग गर्न आफू तयार नै छु ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com