२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

टंक बुढाथोकीको ‘धन्यवाद’ सात भाषामा एकैपटक सार्वजनिक

काठमाडौं – गायक एवं संगीतकार टंक बुढाथोकीले एउटै गीतलाई सात नेपाली भाषामा सार्वजनिक गरेका छन् । उनले ‘धन्यवाद’ बोलको गीतलाई नेपालीसँगै, नेवारी, तामाङ, थारु, राजवंशी, खस र भोजपुरी गरेर सातवटा भाषामा सार्वजनिक गरेका हुन् ।शनिबार काठमाडौंको क्युज सिनेमा हलमा एक कार्यक्रमकाबीच गीतको भिडियो सार्वजनिक गरिएको हो । सातवटै भिडियो टंकको अफिसियल युट्युबमा सार्वजनिक छन् ।

यो गीतमा शब्द र संगीत पनि टंककै छ । उनलाई स्वरमा गायिका अन्नु चौधरीले साथ दिएकी छन् । टंक र अन्नुको यो पहिलो सहकार्य हो । गीतको भिडियोमा राहुल शाह र समिस्रिका परियारको नृत्य एवं अभिनय छ । थारु भाषाको गीतको भिडियोमा भने गायक–गायिका टंक र अन्नु स्वयंमले अभिनय रहेका छन् ।

कार्यक्रममा अतिथिका रुपमा पुगेका संघीय सांसद सुनिल केसीले टंकले गरेको नयाँ प्रयासको प्रशंसा गरे । उनले नेपालमै सायदै पहिलोपटक एकैपटक एउटै गीतलाई सातवटा नेपाली भाषामा सार्वजनिक गरिएको र एक कलाकारले नेपाली भाषालाई सरंक्षण र प्रबद्र्धन गर्न सहयोग गरेको भन्दै धन्यवादसँगै शुभकामना दिए । यस्तै ब्यवसायी टिका बुढाथोकीले पनि गीतको सफलताको शुभकामना दिए ।

गायक तथा संगीतकार टंकले आफूले एक वर्षदेखी यो गीतका लागि मेहनत गरेको जानकारी दिए । ‘मैले एक वर्षदेखि यो गीतका लापग काम गरिरहेको थिएँ । विशेषगरी सबै भाषाको ज्ञान नहुँदा धेरै समय लाग्यो’ – टंकले भने, ‘मैले झण्डै ५० पटकसम्म अभ्यास गरेको थिएँ । सबैभन्दा बढी नेवारी भाषामा स्वर भर्दा समय लागेको थियो ।’

टंक र अन्नुले नेपाली र थारु बाहेक अन्य पाँचवटा भाषाका लागी केही ब्यक्तिहरुसँग अनुवाद सहयोग मागेका छन् । टंकले नेपालमा रहेको विभिन्न भाषालाई प्रवद्र्धन गर्नकै लागी आफूले सानो कदम चालेको बताए । उनले कलाकारको हैसियतले आफ्नो तर्फबाट सानो प्रयास गरेको बताउँछन् । उनले भने, ‘हामी नेपालीलाई आफूले बोल्ने भन्दा अन्य भाषाको ज्ञान कमै हुन सक्छ । त्यसैले गीतमार्फत भएपनि भाषाको प्रमोट होस् भन्ने लाग्यो ।’

गीतको ६ वटा भिडियोको निर्देशक मोडल राहुल शाह नै हुन् भने छायांकन र सम्पादनको काम पवन सुस्लिङले गरेका छन् । थारु भाषाको गीतको भिडियोमा भने नवराज उप्रेतीको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com