२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

ब्रेक शुमा ल्याइएको सुनको परिमाण ६० किलो ७८९ ग्राम

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु भित्रको सुन निकालेर जोखेको छ।

सुनको तौल ६० केजी ७८९ ग्राम रहेको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए।

‘ब्रेक शुबाट छुट्याएपछिको सुन जोखिएको हो, ६० केजी ७८९ ग्राम रहेको छ’, उनले भने, ‘गालेर जोख्न बाँकी छ। भोलि साढे १० बजेदेखि जोख्न सुरू हुन्छ।’

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महाशाखालाई पत्र लेखेसँगै सोमबार दिउँसो सुन जोख्न ब्रे‍क शुबाट सुन निकालिएको थियो।

राजस्व अनुसन्धान विभागले साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको सुन रहेको ब्रेक शु बरामद गरेको थियो। उक्त सुन जोख्नको लागि विभागले महाशाखामा साउन ४ गते पठाएको थियो।

तर अहिलेसम्म जोखिएको थिएन।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com