२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

कञ्चनपुरमा युवा संघका दुई पक्ष बीचको कुटाकुट छानबिन गर्न एमालेले बनायो समिति

कञ्चनपुरको जिल्ला अधिवेशनलाई लिएर युवा संघका दुई पक्षबीच भएको कुटाकुट छानबिन गर्न नेकपा (एमाले)ले समिति बनाएको छ।

सोमबार बसेको एमाले सचिवालय बैठकले पार्टी उपाध्यक्ष युवराज ज्ञवाली संयोजक रहेको तीन सदस्यीय छानबिन समिति बनाएको हो। सदस्यमा मोर्चा फाँट प्रमुख भानुभक्त ढकाल र ज्वालाकुमारी साह सदस्य छन्।

कञ्चनपुरमा दुई दिनअघि भएको युवा संघको जिल्ला अधिवेशनमा कुटाकुट हुँदा भीमदत्त नगरपालिका-१८ का वडाध्यक्षसमेत रहेका रवीन्द्र देवकोटा घाइते भएका थिए।

पार्टीका पोलिट्ब्युरो सदस्य महेश बस्नेतले एकलौटी दिनेश विष्टको नेतृत्वमा कमिटी घोषणा गरेको विरोधमा समानान्तर कमिटी घोषणा गर्दा झडप भएको बताइएको छ।

बस्नेत सहभागी भएको बन्द सत्रले ४५ सदस्यीय कमिटी निर्वाचित भएको घोषणा गरेका थियो।

असन्तुष्ट पक्षले नवीन चन्दको नेतृत्वमा ५१ सदस्यीय अलग्गै कमिटी बनाएपछि कुटाकुट भएर देवकोटा घाइते भएका थिए।

त्यस घटना छानबिनका लागि ज्ञवालीको नेतृत्वमा छानबिन समिति बनाएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com