२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

इथोपियामा सरकारी र मिलिसियाबीच भिडन्त जारी, २६ जनाको मृत्यु

अदिस अब्बा- इथियोपियामा सुरक्षा बल र मिलिशिया समूहबीच भिडन्त जारी छ।

यसैबीच इथियोपियाको फिनोट सेलममा विस्फोट भएको छ। विस्फोटमा २६ जनाको मृत्यु भएको थियो । इथियोपियाको मानवअधिकार आयोगले दुई समूहबीच जारी झडपलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेको छ ।

विदेशी सञ्चारमाध्यमका अनुसार फिनोट सलेम जनरल अस्पतालका सीईओ मनय टेनावले उक्त क्षेत्रमा विस्फोट भएको बताए । विस्फोटमा परी अहिलेसम्म २६ जनाको मृत्यु भइसकेको छ । ५० जना घाइते भएका छन्, जसको अस्पतालमा उपचार भइरहेको छ । सुरक्षाकर्मी र समूहबीच जारी भिडन्तका कारण विष्फोट हुनुअघि १६० जनाको उपचार भइसकेको छ ।

गत अगस्ट ३ मा पनि अम्हारा सरकारी सेना र फानो नामक स्थानीय मिलिसियाबीच लडाइँ भएको थियो ।

इथियोपिया मानव अधिकार आयोगले गम्भीर चिन्ता व्यक्त गरेको छ। दुई समूहबीच केही समयदेखि तनाव जारी छ ।

अगस्ट ३ मा इथियोपियाली सरकारले अम्हारामा छ महिनाको आपतकाल घोषणा गर्‍यो, जुन मिलिशियाहरूले देशमा राष्ट्रिय संकट निम्त्याउन सक्ने बताएका छन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com